शनिबार, जेष्ठ ५, २०८१

८ हजार ६२६ जनामा कोभिड परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण

काठमाडौं फागुन १३,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरि ८ हजार ६२६ जनामा कोभिड परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५५५ जना सङ्क्रमणमुक्त भएको र थप त्त जना संक्रमसतको निधन भएको जनाएको छ। साथै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा मुलुकमा १ लाख २२ हजार ४९३ जनालेकोभिडविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।