शनिबार, बैशाख २२, २०८१

आजबाट संसदमा एमसीसी सम्झौता माथि सैद्धान्तिक छलफल प्रारम्भ हुने

काठमाडौं फागुन १२ ,
आज बस्ने संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी]सँगको सम्झौता माथि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच हुन लागेको सैद्धान्तिक छलफल पछि सम्झौताका सिद्धान्तमाथि बहस र छलफल पछि विभागीय मन्त्रीले जवाफ दिने र त्यसपछि प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुने भएकोछ ।

पारितका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ । ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ्न सक्ने संसद सचिवालय स्रोतले जनाएको छ।