बिहिबार, बैशाख १३, २०८१

संभावित संसदको कार्यसूची: बिहीबारको बैठकमा एमसीसी सम्झौताको प्रस्तावमा छलफल हुने

काठमाडौं फागुन ११,
संघीय संसद सचिवालयले बिहीबार बस्‍ने संदि बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक कार्यसूचीमा बिहीबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट [एमसीसी] सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने उल्लेख गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम कर्पोरेशन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने भएको छ।

यसअघि आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यस दिन अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गर्नुभएको हो ।

यस्तै संभावित अर्को कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।