शनिबार, बैशाख २२, २०८१

संसद बैठकमा प्रतिपक्ष एमालेको अवरोध, अर्को बैठक ६ गते शुक्रबार बस्ने गरि स्थगन

काठमाडौं, फागुन ४,
पटकपटक स्थगन हुँदै आज बसेको संसद बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध सिर्जना गरेको छ। यसअघि बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिस्कार गरेको प्रतिपक्षीदल एमालेले आजको बैठक शुरुभएलगत्तै अवरोध शुरु गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सभाको अवरोध हटाउन पटकपटक अनुरोध गर्दासमेत एमालेले नारावाजी सहित अवरोध कायम राखेको छ ।

यद्यपी एमालेको अवरोधका वावजुद पनि संसद्को प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुको अलावा शोक प्रस्ताव पारित गर्दै अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरि स्थगन गरिएको छ।