शुक्रबार, बैशाख २१, २०८१

मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ, फागुन १४ ,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । सबै निर्वाचन कार्यालयले फागुन १९ देखि २६ गतेसम्म निर्वाचन कार्यालयमा सञ्चालन गर्न लागेको मतदाता नामावली अद्यावधिक ९दाबी र विरोधसहित० कार्यमा आवश्यक सहयोग गर्न शुक्रबार परिपत्र गरेको हो ।

मतदाता नामावली अद्यावधिक कार्यमा सहजीकरणका लागि निर्वाचन आयोगले मन्त्रालयमार्फत जारी परिपत्रमा स्थानीय तहलाई मतदाता नामावली प्रकाशन गर्ने, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिन भनेको छ।

त्यस्तै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कामलाई तीव्रता दिने अभियान अनुरुप मतदाता नामावलीमा दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन समे परिपत्रमा मार्फत भनेको छ।