बिहिबार, बैशाख २०, २०८१

केबलकार संगै मनकामना मन्दिर सर्वसाधारणका लागि खुला , पशुपतिनाथ शुक्रबारदेखि खोलिने

काठमाडौं भाद्र २३ ,

कोभिड संक्रमणको रफ्तारबढेसंगै जारी निषेधाज्ञाका कारण गत बैशाख १६ बाट बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खोलिने भएको छ । कोभिड संक्रमणको जोखिम न्यून भएसंगै बिहीबार क्षमापूजा गर्दै शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यस्तै कोषले मन्दिर खुला भएपनि मन्दिर प्रवेश गर्न भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश दिइने जनाएको छ।

यसैवीच कोभिड संक्रमणकै कारण बन्द गरिएको मनकामना मन्दिर पनि ​खुला गरिएको छ । त्यस्ते मनकामना मन्दिर खुल्ला भएसँगै मनकामना केबलकार र मनकामना बजार पनि खुल्ला भएको छ । स्वास्थ्य र सावधानीका उपाय अवलम्बन गरी केबलकार तथा बजार ुमेत सञ्चालनमा आएको मनकामना दर्शन प्रालीले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031