शुक्रबार, चैत्र १६, २०८०

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त [को -को भए ? मन्त्री र राज्यमन्त्री]

काठमाडौं भाद्र २३ ,
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल आफु नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेकी छन् । नेकपा एमालेको विधिवत विभाजनसंगै अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेकी हुन् । विस्तारित मन्त्रिपरिषद्मा डा.अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको छ ।

त्यस्तै  विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रदीपकुमार कटुवाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीदिइएको छ । त्यस्तै जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, , जुनेली श्रेष्ठलाइ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त गरिएको छ।

प्राप्त जानकारी अनुसार नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले आजै सपथ लिने कार्यक्रम रहेको थाहा भएको छ। स्मरण रहोस नेकपा एकालेका १३ जना सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती प्रदेश सरकार अल्पमतमा रहेकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल आफु नेतृत्वको मन्त्रिपरिषद विस्तार  गर्दै  आफ्नो साख जोगाउने प्रयास गर्दै आएका छन ।