बिहिबार, बैशाख २०, २०८१

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क मास्क

काठमाडौं साउन ३० ,

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४९ हजार १ सय ७१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

त्यस्तै संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ८० जनाबाट १८ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २ सय ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४६ हजार ८ सय १९ जनालाई सचेत गराइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु