शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस केन्द्रीय समिति: पार्टीको १४ औं महाधिवेशन मङ्सिर ९ देखि १३ मा

क्रियाशील सदस्यको अन्तिम नामावली भाद्र ३ गते पार्टी सभापतिलाई बुझाइने

काठमाडौ साउन ३०,

नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तय गरेको हो।

३ दिन सम्म चलेको केन्द्रीय समिति बैठकले यसअघि महाधिवेशनका लागि तय गरेको भाद्र १६ देखि १९ मा मुलुकमा विकसित पछिल्लो घटनाक्रमसंगै बढ्दो कोभिड महामाराका र क्रियाशील सदस्यता विवादका कारण आगामी भाद्र १६ देखि १९ गते मा महाधिवेशन सम्पन्न गर्न संभव नभएसंगै महाधिवेशनको नयाँ मिति तोकेको हो ।

त्यस्तै बैठकले यसवीचमा सिर्जित क्रियाशील सदस्यता विाद लगायतका यावत समस्याको सम्बोधन सहित त्रियाशील सदस्यको अन्तिम नामावली भाद्र ३ गते पार्टी सभापतिलाई बुझाउने र भाद्र ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको थाहा भएको छ ।

त्यस्तै महाधिवेशन अन्र्तगत प्रारम्भिक अधिवेशन अर्थात गाउँ र नगर वडा अधिवेशन भाद्र १८, गाउँ र नगर अधिवेशन भाद्र २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते सम्पन्न गर्ने गरि कार्यतालिका तय गरिएको थाह भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु