शुक्रबार, बैशाख २१, २०८१

पूर्व निर्धारित कार्यक्रम प्रभावित भएसंगै कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौं साउन ८,

नेपाली कांग्रेसको आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल छलेको छ । पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति एवमु प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा आजको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएकोले जानकारी दिनुभयो ।

त्यस्ते उहाँले बैठकमाा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रस्तुत गर्नुभएको प्रारम्भिक प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने जानकारीदिनुभयो ।

स्मरण रहोस पुर्व निर्धारित महाधिवेशन कार्यतालिका अनुसार गत असार ३० गते केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची बुझाउने कार्यक्रम रहेपनि तोकिएको समयमा क्रियाशील सदस्यताको सवालमा सिर्जित केहि जिल्लाको विवाद निरुपण भइनसकेको कारण महाधिवेशन अन्र्तगत यसपछिक कार्य तालिका प्रभावित हुने निश्चित भएसंगै कार्यतालिका हेरफेरको प्रसंगले प्राथमिकता पाएको हो ।

यसअघि कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते त्यस्तै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनर एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भाद्र १ र २ गते सम्पन्न गर्दै आगामी भाद्र १६ देखि १९ गतेसम्म काठमाडौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ।