बुधबार, बैशाख १९, २०८१

व्यक्ति एक व्यक्तित्व अनेक: डेभिल सिंह

काठमाडौ जेठ २ , व्यक्ति एक व्यक्तित्व अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चड्दै गरेका व्यक्ति हुन् बहु प्रतिभाका धनि डेभिल सिंह राजपुत। आफ्नो ब्यापार ब्यबसाय संगै संचार क्षेत्र, मोडलिङ क्षेत्र, म्युजिक भिडियो निर्देशन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको सफल आयोजना गरेर चर्चा कमाएका राजपुतले अवार्ड कार्यक्रमहरु समेत आयोजना गर्दै आएका छन्। धनुषा जनकपुरका स्थायी बासिन्दा मोडल डेभिल सिंह राजपुत बिगत लामो समय देखि काठमाडौलाइ कर्मथलो बनाएर ब्यापार, ब्यबसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भुमिकामा सक्रिय रहेर ब्यस्त बन्दै आएका छन ।

नेपाली चलचित्रमा समेत लगानी गरेर चलचित्र निर्माताको समेत भुमिका निर्बाह गरिसकेका राजपुतले दर्जनौ म्युजिक भिडियो निर्माण गरेर आफैले समेत अभिनय गरेका छन । नेपालमा बढदै गईरहेको विभिन्न अवार्ड तथा सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै अवार्ड र सौन्दर्य प्रतियोगिताहरुलाई छुट्टै उचाइमा पुर्याउन र सौन्दर्य प्रतियोगिताको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यप्रेमीहरुको लागि प्लेटफर्म तयार गर्न लागि परेका मोडल डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरि मोडल बन्न चाहनेहरुको लागि समेत उपयुक्त अवसर प्रदान गर्दै आएका छन ।

नेपाल फेसन विक डट कम का संचालक समेत रहेका राजपुतले संचार क्षेत्र मार्फत प्रतिभा भएर पनि विभिन्न क्षेत्रमा पछि परेका व्यक्तिहरुलाई उनीहरुको क्षमता तथा प्रतिभालाई उजागर गर्ने कम गर्दै आएका छन ।  त्यसो त मोडल सङस नेपाल र युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको प्रबन्ध निर्देशक समेत रहेका मोडल राजपुतले पत्रकारितामा समेत कलम चलाउदै आएका छन । मुलुकभर छरिएर रहेका मोडल बन्न इच्छुक युवा युवतीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरुको लागि नेपालि सिने नगरीमा स्थापित गराउदै आएका उनले भविष्यमा नेपालि संचार क्षेत्रलाइ तथा मोडलिङ क्षेत्रलाइ थप उचाईमा पुर्याउन दिनरात मेहनत समेत गर्दैछन।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु