काठमाडौं चैत्र २ , नेवार समुदायले आज पाहाँचह्रे पर्व मनाइरहेका छन् । आज बिहान विभिन्न शक्ति–पीठहरुमा पूजा गरेका नेवार समुदायले साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरी पाहाँचर्हे मनाउने गर्छन् ।
साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ । त्यस्तै आज कामपा वडा न.१९ स्थित कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
[TABS_R id=73174