आइतवार, जेष्ठ ६, २०८१

८८ दल मध्ये ५५ दलले मात्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाए

काठमाडौ असोज २९, समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ वटा दल निर्वाचन आयोगमा दर्ता भएकोमा मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ दलले आज आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् ।

आयोगका अनुसार आज नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित ५५ वटा दलले समानुपातिकको सूची बुझाएको जनाउँदै प्रमुख दलहरुले मात्रै प्रतिनिधि सभा अन्तर्गतका ११० र सात वटा प्रदेश अन्तर्गतका २ सय २० जना उम्मेदवारको बन्दसूची बुझाएको जनाइएको छ ।
त्यस्तै असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगका अनुसार आज बुझाइएको बन्द सूचिमा समावेस नाम दलहरुले सच्याउन सक्ने छन् ।तर  सच्याईको नामावली सूची कात्तिक ६ गतेदेखि १२ गतेभित्र आयोगमा पेश गर्नुपर्ने छ । कात्तिक १३ गतेपछि सूचीमा परेका ब्यक्तिहरुलाई नाम फिर्ता लिने समय दिइने छ भने त्यसको सट्टामा दलहरुले कात्तिक १४ र १५ गते अर्को ब्यक्तिको नाम राख्न सक्ने जनाएको छ ।

त्यसैगरि आयोगले कात्तिक १७ गते समानुपातिक तर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने छ । त्यस्तै कात्तिक १८ देखि २४ सम्म उम्मेदवारहरुको नाममा दाबी विरोधका लागि समय रहेको छ । कात्तिक २५ देखि मंसीर १ गतेसम्म दाबी विरोधमाथि छानविन गरी मंसीर २ गते आयोगले अन्तिम नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ ।