सोमवार, जेष्ठ ७, २०८१

युवा वैज्ञानिकको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो :प्रधानमन्त्री

काठमाडौं फागुन २०,
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो ।

“राज्यको प्राथमिकता र प्रोत्साहनबिना नै युवा वैज्ञानिकहरूले गरेको प्रयास, प्राप्त गरेको सफलता र राज्यलाई गरेको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले राष्ट्रिय आयका क्षेत्रहरूमध्ये सूचना–प्रविधिको क्षेत्र विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थ प्रमाणित गर्दछ । उहाँले आफ्नै पहलमा अत्यन्तै राम्रो मेहेनत गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित गर्नु र त्यसका निम्ति योगदान गर्नु राज्यको आधारभूत दायित्व भएको तथ्य उजागर गरेको स्पष्ट पार्नुभयो ।

नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा नेपालको बढ्दो व्यापारघाटा तथा बेरोजगारीको समस्या सम्बोधन गर्न यस क्षेत्रको प्रमुख योगदान हुने कुरा आत्मसात गरी नीतिगत तथा प्रणालीगत सुधारको अधिकतम प्रयास गरिनेजनाउ सहित नेपालमा कृत्रिम बौद्धिकतासम्वन्धी कार्यहरू व्यावसायिक रूपमा पनि उदय भइरहेको छ । हामी आयातित प्रविधिको उपभोग गर्ने मात्र नभई नेपालमा नै नयाँ प्रविधिहरू विकास गर्नेतर्फ सचेत भएर सोच्न र लाग्न जरूरी रहेको बताउनुभयो ।

त्यस्तै, सूचना प्रविधि नेपालको रणनीतिक उपयोगको क्षेत्र भएकाले यस क्षेत्रको उत्पादनमा हामी आत्मनिर्भर बन्न सबैको ध्यान पुग्न जरूरी छ । यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न सरकार तत्पर रहेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829