सोमवार, जेष्ठ ७, २०८१

आज प्रतिनिधिसभा अन्र्तगतका तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं पुस १८,
प्रतिनिधिसभा अन्र्तगत रहेका विभिन्न समिति मध्ये आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त जानकारी अनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति , शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने लागेको हो ।

आज बस्ने आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठककमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रलय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसुची रहेको बुझिएको छ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा र दिउँसो साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समसामायिक विषयवस्तुमा छलफल हुने बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु