सोमवार, बैशाख ३१, २०८१

बाह्रखरी कथा प्रतियोगिता: नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य

काठमाडौं असोज १,

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताएकी छन् ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिदै डा. कक्षपतिले प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिने जनाउ सहित त्यस्ता विषय प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने अपेक्षा रहेको बताइन् ।

कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उनको भनाइ छ । “म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,” उनले भनिन्, “आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।”

 त्यस्तै निर्णायकमण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । “बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,” कथाकार भट्टराईले भने, “हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो उनले भने ।

घोषणा सभामा डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्य ,फाइन प्रिन्टका सञ्चालक निरज भारी बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापा, आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारी लगायतले प्रतियोगिताका विभिन्न आयामका विषयमा आफ्नो धारणा अभिव्यक्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031