मङ्लबार, जेष्ठ ८, २०८१

४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको अनुगमन गर्दै महानगर

काठमाडौ साउन १५, 

काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने अभियान सुरु गरेको छ ।

४० माइक्रोनभन्दा पातला झोला र प्लास्टिकबाट बनेका सामग्री बेच्न र भण्डारण गर्न महानगरले यसै आर्थिक वर्षदेखि रोक  लगाउने  विषयमा गरेको  निर्णय अनुसार    बजारमा   भेटिएका   पातला प्लास्टिकका झोला प्रयोगमा नियन्त्रण गर्न  वातावरण व्यवस्था विभाग र नगर प्रहरी बलको संयुक्त   अनुगमन टोली परिचालन गरेको हो।

माइक्रोमिटर सहित  महानगरले गरेको  अनुगमनका क्रममा अधिकांश व्यापारीले १२ माइक्रोनदेखि ३३ माइक्रोन मोटाइका प्लास्टिकका झोला प्रयोग गर्ने गरेको पाइएको  महानगरले जनाएको छ ।

यद्यपी   सुरुमा कारबाहीभन्दा सचेतना जगाइने  र त्यसपछि  कारवाही प्रक्रिया  शुरु गरिने  जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु