मङ्लबार, जेष्ठ ८, २०८१

आज साउन महिनाको तेस्रो सोमबार,शिव मन्दिरमा दर्शनार्थीको घुइचोँ

काठमाडौं साउन १५ ,
आज साउन महिनाको तेस्रो सोमबार । नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् । यसै अवसरमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ ।

 आजको दिन नेपाली हिन्दू महिलाहरुले साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने गर्छन् । यस क्रममा उनीहरुले हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

त्यस्तै आजको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ । सोहि क्रममा पुशपतिनाथ, लगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु