सोमवार, जेष्ठ ७, २०८१

नयाँ प्र.न्या.नियुक्ति प्रक्रिया अघि बढाउन मंगलवार संवैधानिक परिषदको बैठक आव्हान

काठमाडौं साउन १४ ,
प्रधानमन्त्री प्रचण्डले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको बताएका थिए।

छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहेका छन्।  कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु