सोमवार, जेष्ठ ७, २०८१

आज अपरान्ह सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्दै

काठमाडौं जेठ १५ ,
आज सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट संसद्‌को संयुक्त बैठकबाट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज सोमबार ४ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

आज सार्वजनिक हुने बजेटको प्रसंगमा राष्ट्रिय योजना आयोगले मुलुकको बेरोजगारी घटाउन र स्वरोजगार बढाउन ‘उद्यमशीलता र स्वरोजगार, गरिबी निवारणको आधार’ भन्ने अभियान भन्ने लक्ष्य सहित ७५३ वटै पालिकालाई उत्पादनमूलक क्षेत्रमा जोड्ने गरी बजेट आउने जनाएको छ।

आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ दिए पनि योजनाको माग र चालू खर्चको चापको कारण आयोगको सिलिङभन्दा बजेटको अंक बढ्न सकने जनाउ सहित अर्थमन्त्रलायका संम्वद्ध अधिकारीहरुले मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरु पनि सार्वजनिक हुने जानकारी दिएको छ।

यसअघि चालू आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट भन्दा कृह अंक यसपटकको बजेटमा थपघट हुने ती अधिकारीहरुले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु