आइतवार, जेष्ठ ६, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुरको घरमा प्रहरीको छापा

  थप २ आरोपि चौधरी र रामशरण केसी काठमाडौंबाट पक्राउ

काठमाडौं बैशाख २६,
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री एवम एमालेका सचिव टोपबहादुर रायमाझीको खोजीलाई प्रहरीले तीव्र बनाएको छ ।

अर्घाखाँचीबाट काठमाडौं आउने भन्दै हिँडेका रायमाझी वुटवलबाट फरार भएका हुन् । यसैक्रममा प्रहरीले मंगलबार ललितपुरस्थित उनको घरमा छापा पनि मारेको छ । यसअघि पक्राउ परेका उनका छोरा सन्दीप भने प्रहरी हिरासतमै छन् ।

 नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले मंगलबार थप २ आरोपित पक्राउमा परेका छन् । प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको आरोपमा गोविन्द चौधरी र रामशरण केसीलाई काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।