आइतवार, जेष्ठ ६, २०८१

तीन प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता , दोषी जोगाउने कार्य नगर्न  सांसदहरुद्वारा खबरदारी

काठमाडौं बैशाख २६,
नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै प्रतिपक्षीदल एमालेसंगै कांग्रेस नेताहरुको नाम मुछिन थालेपछि मुलुकको राजनैतिक वृत तंरगित भएका छन । शरणार्थी प्रकरणका कारण तंरगित हुँदै गरेको राजनैतिक माहोलसंगै आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीवीच प्रस्तुत प्रकरणका विषयमा सघन छलफल भएको बुझिएको छ।  यद्यपी तीन नेतावीचको अचानक किन भेटवार्ता भएको हो सो सम्बनधमा कुनै विषयवस्तु खुलाइएको छैन ।

यसैवीच नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएपछि उनीहरुलाई जोगाउन खोजिएको हो कि भन्ने आशंका सिर्जना गरेको भन्दै आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा वोल्ने अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।  सासंदहरु क्रमस ठाकुर गैरे, तेजुलाल चौधरी, डा तोसिमा कार्की, देवेन्द्र पौडेल, प्रेम सुवाल लगायतले खबरदारी गर्दै दोषी जोगाउने कार्य नगर्न सरकारसहित सबैलाई आग्रह गरेको हो ।