आइतवार, जेष्ठ ६, २०८१

आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं बैशाख २६,
आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।  पार्टी मुख्यालय ललितपुरको च्यासलमा दिउँसो २ बजे बैठकमा आसन्न केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नुका साथै समयसायिक विषयमा छलफल गर्ने कार्यसुची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक आगामी वैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमा बस्दैछ । 

यसैवीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी, सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई मुछिएका छन् । राई पक्राउ परिसकेका छन् भने रायमाझी फरार रहेको अवस्थामा बस्ने लागेको सचिवालय बैठकलाइ अर्थपूर्ण रुपमा हेरिएकोछ ।