आइतवार, जेष्ठ ६, २०८१

विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनको माग सहित राष्ट्रिय आविष्कार केन्द्र आन्दोलित

काठमाडौँ बैशाख १५,
अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषको कार्य तत्काल अघि बढाउनु पर्ने माग सहित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनका लागि यसअघि गरेको घोषणा अनुरुप आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सरकारले यसअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयन गर्ने बताएपनि व्यवाहारिक रुपमा कुनै कामकारवाही सुरु नगरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्र आन्दोलित भएको हो ।

प्रदर्शनको क्रममा सहभागीहरुले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग सहित विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन पारित गर जस्ता प्लेकार्ड वोक्दै धर्ना सहितको सामाजिक आन्दोलनको विकुल फुकेको हो ।