बिहिबार, बैशाख २०, २०८१

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा

काठमाडौं फागुन १९,
सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद भन्ने मुल नारा सहित शुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

त्यस्तै उहाँले  पालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्त्वपूर्ण वनस्पतिको थप अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको भन्दै मुलुकको सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवम् प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिदै नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिदै यहाँ उपलब्ध महत्वपूर्ण जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने समेत बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवर्द्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्त्व दिएको बताउनुभयो ।