बिहिबार, जेष्ठ १०, २०८१

नं प्लेट नै परिवर्तन गरी  सरकारी गाडी दुरुप्रयोग गर्ने खानेपानी मन्त्री चौधरीलाइ २४ घण्टे स्पष्टीकरण

काठमाडौैं कार्तिक ६,
निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई थप निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले जारी निर्वाचन आचारसंहितामा रहेको व्यवस्था विपरित मन्त्री चौधरीले चुनावी प्रचारप्रसारको क्रममा सरकारी स्रोतसाधनको प्रयोग गर्न नपाइने व्यवस्थाको वर्खिलाप चुनाव प्रचारप्रसारका क्रममा सरकारी गाडीको नं प्लेट नै परिवर्तन गरी बा२झ ५८६१ नंको बा१२च ७४३१ नंको प्लेट राखेर प्रयोग गरेसंगै मन्त्री चौधरीसंग स्पष्टीकरण माग गर्दै आयोगले तपाइँलाई किन कारबाही गर्नु नपर्ने हो भन्दै पत्र पठाएको हो ।

त्यस्तै मन्त्री चौधरीलाइ पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफैँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न निर्देशन दिनुको अलावा यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी आयोगमा ३ दिनभित्र प्रतिवेदन पेस गर्न बारा निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय, बारालाई समेत पत्राचार गरेको छ ।

यसैबीच, आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभाव पार्ने लक्ष्य सहित सहयोग रकम वितरण गरेको भन्दै आयोगले मकवानपुर क्षेत्र नं २ का नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं २ ख का नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समेत स्पष्टीकरण सोधेको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु