आइतवार, जेष्ठ ६, २०८१

कामु प्रन्या सहित ४ न्यायाधीशहरु उपर महाअभियोग दर्ताका लागि एमालेले वोलाए संसदीय दलको बैठक

काठमाडौ फागुन २ ,
प्रमुख पतिपक्षीदल नेकपा एमालेले महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की सहित चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

प्रन्या जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने चर्चाले राजनैतिक बजार तात्न थालेको हो ।

एमालेले दर्ता गर्ने तयारी गरेको महाअभियोग प्रस्ताव संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध लक्षित रहेको छ ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने त्यसपछि महाअभियोग प्रस्ताव दर्ता हुने एमाले सम्वद्ध स्रोतले जनाएको छ।

यद्यपी एमाले संसदीय दलको बैठक पछिमात्र यसविषयमा थप जानकारी आउने ती नेताले बताए एमाले सचिवालय बैठकले जबराविरुद्धको महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।