आइतवार, जेष्ठ ६, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोभिड संक्रमण, ३७ को मृत्यु

काठमाडौं साउन २१,
पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोभिड संक्रमण पुष्टि भएके छ। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणको क्रममा ३ हजार सात जना र छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९३१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजाार १२ जना सङ्क्रमित उपचार पछि निको भएको जाकारीदिदै यसवीचमा सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको जनाएके छ । मन्त्रालयका अनुसार आज पहिचान भएक मृतकको सख्या संगै कुल मृतकको सख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ।