सोमवार, जेष्ठ ७, २०८१

उपत्यकाका २५१ सहित देशभर थप ४ सय १२ जनामा कोभिड संक्रमण

काठमाडौं पुस २३,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार १३२ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं उपत्यकाका २५१ सहित देशभर थप ४ सय १२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यस्तै यसवीचमा कोभिड संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको स्वास्थ्य मन्त्रालले जनाएको छ ।

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार पछिल्लो समय कुल संक्रमति मध्ये १८४ जनाको आइसीयूमा र ३२ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसंगै कोभिडबाट मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ । त्यसैगरी मन्त्रालयले आज काठमाडौमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएको जनाएको छ ।