काठमाडौं असोज २६ ,
नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । ९३ वर्षीय कोइरालाको आज ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
महासङ्घद्वारा आज जारी शोक विज्ञप्तिमा ‘महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको दुःखद निधन भएकाप्रति महासङ्घ स्तब्ध भएको छ, दुःखको यस घडीमा पूर्वअध्यक्ष गाउँले र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, भनिएको छ । स्व कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।