सोमवार, जेष्ठ १४, २०८१

काँग्रेससंग सहकारी प्रकरणमाथि छानबिनको माग गर्ने नैतिक आधार छैन :अध्यक्ष ओली

 काठमाडौँ वैशाख ८,

नेकपा एमालेका अध्यक्ष केपी काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्ने काँग्रेससँग नैतिक आधार नभएको बताउनुभएको हो।

पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेतालाई राजीनामा गराउने तयार नहुने तर पछिल्लो समय व्यक्ति लक्षित हुँदै काँग्रेसले जुन प्रवृति प्रदर्शन गरिरहेको छ त्यो नैतिक आधार भन्दा वाहिरको प्रसंग भएको बताउनुभएको हो ।

त्यस्तै अध्यक्ष ओलीले काँग्रेसको पछिल्लो प्रवृति अचानक सत्ताबाट बाहिरिनु पर्दाको आक्रोश र हतास मानकिसताको उपज भएको भन्दै काँग्रेसले प्रतिशोध सहित मौजुदा नयाँ समीकरण भत्काउन उसले हरसम्भव प्रयास गरिरहेको समेत बताउनुभयो ।

साथै अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्ने कुरामा समेत एमाले दृढ रहेको समेत बताउनुभयो ।