शुक्रबार, जेष्ठ ४, २०८१

पत्रकार महासंघ र प्रेस युनियनवीच ३ बुँदे सहमति, अधिवेशनको मार्ग प्रसस्त

काठमाडौं चैत २८,
नेपाल प्रेस युनियन केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको सदस्यता टुंगो नलागेसम्म कुनै पनि तहको अधिवेशन नर्गन भन्दै शुरु गरेको ध्यनाकर्षण सहितको अभियान ३ बुँदे सहमतिमा टुंगिएको छ ।

महासंघले प्रारम्भ गरेको सदस्यता शुद्धिकरण अभियानप्रति युनियनको सँधै साथ, सहयोग र समर्थन रहनुको अलावा महासंघलाइ क्रियाशील पत्रकारको संस्थाको रुपमा स्थापित गर्न कुनै पनि कदममा युनियन सदैव सकारात्मक रहेको तर सदस्यता शुद्धिकरणको अभियान टुंगोमा नपुग्दै नविकरण भएका र नयाँ सदस्यको नामावली तयार नभइ अधिवेशन गर्न खोजिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार महासंघको उपत्यका समिति नै हुने चेतावनी सहित अभियान सञ्चालन गरेयता महासंघ नेतृत्व र युनियनवीच संवाद भएको हो ।

 मंगलवार महासंघका केन्द्रीय नेतृत्व र युनियनका केन्द्रीय नेतृत्ववीच भएको संवादको क्रममा महासंघको विधानत व्यवस्था अनुरुप अधिवेशन सम्पन्न् गर्ने , विधानमा भएके कमकजोरी संशोधन गर्ने र निर्वाचनको हकमा भने महाधिवेशन सकिएको ३ दिनभित्र सदस्यता नामावली टेगो लागइन सार्वजनिक गर्ने साथै सदस्यता टुगो नलागेसम्म निर्वाचनको कुनै पनि कार्यक्रम तय नगर्ने सहमति भएको हो ।

महासंघका महासचिव रोशन पुरी र युनियनका महासचिव दिलिप पौडेल समेतको उपस्थितीमा भएको सहमतिपछि महासंघका अध्यक्ष विपुल पोखरेल र युनियनका अध्यक्ष शिव लम्सालको हस्ताक्षरमा जारी विज्ञप्तिमा सहमतिका दफागत व्यवस्थाको विषयमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु