शुक्रबार, जेष्ठ ४, २०८१

खामलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत चितवनको आदेश

 काठमाडौं चैत २४,

चितवन जिल्ला अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व माओवादी लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरुको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको जनाउसंगै खामलाइ पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाट अपहरण गर्न आदेश दिएका थिए । त्यस्ते अपहरण पछि श्रेष्ठलाई डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको   छ   ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु