बिहिबार, जेष्ठ ३, २०८१

गण्डकी र कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

 सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विस्वासको मतका लागि गर्ने अपिललाइ विफल बनाउँन नाउपाको ह्विप

काठमाडौं चैत २१,
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री पाण्डेको ले राजीनामासंगै प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख भट्टले आजा जारी आव्हानपत्रमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आगामी चैत्र २७ गते मंगलबार दिउँसो ३ बजे सम्ममा दाबी पेश गर्न भनिएको छ ।

यसैवीच कर्णाली प्रदेश प्रमुख तिलक परियारले पनि नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएसंगै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेको हो ।

 त्यस्तै सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विहिवार प्रदेश सभामा विस्वासको मतका लागि गर्ने अपिललाइ विफल बनाउँन नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन ।   साथै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाटै हटाउन सिफारिस गरिएको पत्र पनि प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ ।