सोमवार, बैशाख ३, २०८१

बागमती प्रदेशमा नेकपा एमालेबाट चार मन्त्री नियुक्त

  काठमाडौं चैत २०,
बागमती प्रदेश सरका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार प्रदेश सरकारमा एमालेका ४ मन्त्री नियुक्त गरेका छन।  नवनियुक्त चार जना मन्त्रीले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठ रहेका छन ।  आज नियुक्त भएका चारमन्त्री संगे प्रदेशसरकारको १२ सदस्यीय मन्त्री परिषदमा मन्त्रीको सङ्ख्या १३ पुगेको छ।

मुख्यमन्त्री जम्कट्टेलले श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् । यसअघि   नेकपा (एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्त   गर्नुभएको थियो।