सोमवार, बैशाख ३, २०८१

सहकारी ठगी प्रकरण तत्काल छानबिनका लागि संसदीय समिति गठन गर्न काँग्रेसको माग

संसद बैठक:

काठमाडौं चैत २०,

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो-याएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरुभएसंगै काँग्रेस सम्वद्ध संसद सदस्यहरु सबै आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिएका थिए ।

सांसद यादवले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर निष्पक्ष छानबिनको माग गर्दै सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न सरकारको ध्यनाकर्षण गराउनुभयो ।
साथै गृहमन्त्री र सहकारी जोडिएको विषयमा बाहेक अन्य विषयमा सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने समेत बताउनुभयो ।