शुक्रबार, जेष्ठ ४, २०८१

मौलिक समाजवादी क्रान्ति अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

काठमाडौं  चैत १७, 
२४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रीत गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने बताउनु भएको हो ।

साथै देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन नहुने बताउनुभयो ।  सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताउनुभयो ।

त्यस्तै उहँँले आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताउँदै पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गर्नुभयो ।

साथै सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो समीकरण रणनैतिक, क्रान्तिकारी र दूरगामी रहेको भन्दै यहि समीकरणले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रीत गर्ने बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829