आइतवार, जेष्ठ ६, २०८१

प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण]

 नक्कली खाताखोल्नेहरु मध्ये रवि लामछिाने पनि एक हो : गगन

नक्कली भूटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका सबै घटनाहरुको छानविन गरी दोषिलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण संगै सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने माथि तत्काल छानविनगर्न काँग्रेसको माग

काठमाडौं चैत ५,

सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरुभएको छ ।  सभामुख देवराज घिमिरेले आजको बैठक सुचारु भएका उद्घोष गरेसंगै प्रतिपक्षीदल नेपाली काँग्रेसका सासदहरु आ आफ्नो आसनबाट उठेर विरोध जनाएको थियो ।  प्रतिपक्षीदलको विरोधपछि सभामुख घिमिरेले काँग्रेस महाामन्त्री समेत रहेको संसद सदस्य गगन थापालाइ आकस्मिक समय अन्र्तगत आफ्नो भनाइ राख्न समय दिनुभएको थियो ।

सासंद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने माग गर्नुभएको छ ।

त्यस्तै उहाँले पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन अनुसार पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको ८९ पेजको रिपोर्टमा उल्लेख भएको र सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका बताउनुभयो । त्यस्तै रिपोर्टको ७८ औँ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरुकाृ नामावली सूचीमा रवि लामिछानेको नाम समेत उल्लेख रहेको बताउनुभयो ।

त्यस्तै सासंद थापाले आफ्नो भनाइ राख्ने क्रममा लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य नभएको भन्दै उन्मुक्ति खोजिरहेको भन्दै तत्काल लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान गर्न आवश्यक रहेको बताए । साथै नक्कली भूटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखापरेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषिलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।