सोमवार, जेष्ठ ७, २०८१

प्रदेश सभापति फोरमले नेता सिंहलाइ ५ बुँदे साझा दृष्टिकोण सहितको मार्गचित्र बुझायो

 काठमाडौं फागुन ६ ,

काठमाडों कांग्रेस अन्र्तगत रहेको १० वटै निर्वाचन क्षेत्रका प्रदेश सभापतिहरुको नवगठित प्रदेश क्षेत्रिय सभापति फोरमले पार्टीको तल्लो तहको आवाज मुखरित गर्दै सोमवारदेखि शुरु हुने काँग्रेसको महासमिति बैठकमा समयसापेक्ष वैचारिक वहससंगै महासमिति बैठकलाई थप गतिशिल बनाउन केन्द्रीय नेतृत्वसमक्ष ५ बुँदे नीतिगत निर्माण र सुधारका लागि साझा दृष्टिकोण सहित मौजुदा पार्टीगत विधानमा तत्काल संशोधन गर्नुपर्ने मार्गचित्र प्रस्तुत गरेका छन ।

प्रदेश क्षेत्रिय सभापति फोरमका संयोजक शिवकुमार खनालले आज ५ बुँदे नीतिगत निर्माण र सुधारका लागि साझा दृष्टिकोण सहित मौजुदा पार्टीगत विधानमा तत्काल संशोधन गर्नुपर्ने मार्गचित्र पूर्व निर्धारित कार्यक्रम अनुसार काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाइ ध्यानकर्षण सहित बुझाउनुभएको हो।

प्रदेश क्षेत्रिय सभापति फोरमको ध्यानाकर्षण पत्र बुझ्दै नेता सिंहले मार्गचित्रमा उल्लेख गरिएको विषयवस्तुलाइ महासमिति बैठकमा उठन गर्ने प्रतिवद्धता व्यक्त गर्दै फोरमले संगठनको प्रभावकारिताका लागि निर्वाह गरेको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउनुभएको संयोजक खनालले बताउनुभयो ।