सोमवार, जेष्ठ ७, २०८१

आज दुर्गा प्रसाईँले नेतृत्वको नागरिक बचाउ अभियानले वार्षिकोत्सव मनाउँदै

    काठमाडौं फागुन १,

व्यवसायी दुर्गा प्रसाईँले मेची नदीछेउको काँकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । गत मंसिर ७ को कार्यक्रममा काठमाडौंको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईँले यसपालि उपत्यकाको मुटु नै भृकसटीमण्डमा र्काक्रम गर्न लागको हो ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ । त्यस्तै अन्य टोलीहरू क्रमश  चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने बताइएकोछ ।

त्यस्तै} वार्षिकोत्सव सभामा आमन्त्रित  शुभकामनाका लागि  पूर्वराजा ज्ञानेन्द्र शाह सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई   आमन्त्रण गरेको  अभियानले जनाएको जनाएको छ ।