सोमवार, बैशाख ३, २०८१

सर्लाही दुर्घटना: नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी घिमिरेको मृत्यु

काठमाडौं माघ २३,

सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियामा सोमबार राति ज २ त १०६७ नम्बरको उखु लोड गरिएको ट्र्याक्टर र बी.आ. ०६ पी.डी. ९६४८ नम्बरको सफारी आपसमा ठोक्किँदा भएको दुर्घटनामा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी बागमती नगरपालिका–११, कर्मैयाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको बी.आ. ०६ पी.डी. ९६४८ नम्बरको सफारी र ज २ त १०६७ नम्बरको उखु लोड गरिएको ट्याक्टरमा पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुखसहित गाडीमा सवार ११ जना घाइते भएकोमा कार्यालय सहयोगी घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाउँदै बाँकी १० जना घाइते उपचा भइरहेको जनाएको छ ।