सोमवार, जेष्ठ ७, २०८१

बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

 काठमाडौ माघ २१,

काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने भएको छ । सुरक्षित काठमाडौँ उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा आधारित एक सय ८१ वटा सिसी क्यामरा उद्घाटन कार्यक्रसंगै उपत्यका प्रहरी कार्यालयले बूढानीलकण्ठ क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी गर्ने भएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको आज शुभरम्भ गर्नुभएको हो ।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसीटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौँ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्ते बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए। प्रथम चरणमा सिसीटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो।

 सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०मा आधारित सिसी क्यामरा जडान गरिएको कार्यक्रममा जानकारी दिइएकोछ ।