सोमवार, जेष्ठ ७, २०८१

बाँसबारी छाला जुत्ता कारखाना प्रकरण : पक्राउ परेका अरोपीसंग बयानी प्रक्रिया शुरु

काठमाडौं माघ २०,
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो[सिआइबीले ]लामो समयको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई गत माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ।

जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्। बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।

सिआइबीले प्रस्तुत प्रकरणमा व्यवसायी चौधरीसहित तत्कालीन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, र सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।  उनीहरुलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिने सिआइबीले स्रोतले जनाएको छ।