सोमवार, जेष्ठ ७, २०८१

माघ २१ गतेबाट तीन दिन देशभरको मौसममा उतारचढाव

  काठमाडौं माघ २०,

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशभरको मौसममा उतारचढाव हुने जनाएको छ।

महाशाखाले शनिवार साँझ जारी मौसम पूर्वानुमान बुलेटिनमा माघ २१ गते देशभर बदली रहनुको अलावा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाग संगै वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा  वर्षासंगै हिमपात सम्भावना रहेको जनाएको छ ।

 त्यस्तै महाशाखाद्वारा जारी बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु, वाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूसँगै तथा विभिन्न जिल्लाका एक– दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै सोमबार साँझबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने पूर्वानुमान छ ।उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना बढ्दो रहेको महाशाखाले जनाएको छ ।

यसैवीच महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सहित बढ्दो चिसोसंगै दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031