सोमवार, जेष्ठ ७, २०८१

समुदायमा कांग्रेस अभियान : मेची किनारमा वृक्षरोपणसंगै मेची–महाकाली संवाद यात्रा शुभारम्भ

काठमाडौँ माघ १३,
नेपाली कांग्रेसले आह्वान गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत महासमिति बैठकको पूर्वसन्ध्यामा महामन्त्री गगन थापाले शनिबारदेखि मेची–महाकाली संवाद यात्राको शुभारम्भ गर्नुभएको हो ।

 मेची किनारमा वृक्षरोपण गरी सुरु भएको संवाद यात्राको क्रममा  झापाका विभिन्न स्थानमा भेला भएका स्थानीय कार्यकर्तासँग भएको अन्तरक्रियामा स्थानीय कार्यकर्ताले पार्टीलाई सुदृढ र चलायमान बनाउन नेताहरुलाई सुझाव दिएका छन ।

माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुने संवाद यात्रा यात्रामा स्थानीय जनतासँग संवाद गर्ने, विद्यालय, स्वास्थ्य संस्था आदिमा पुगेर त्यसको अवस्था बुझ्ने नेता थापाले जनाएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत देशका सबै ६ हजार ७ सय ४३ वडामै नेताहरु पुगेर जनताका कुरा सुन्ने र त्यहाँबाट आएका विषयलाई पार्टीभित्र र सदनमा समेत उठाउने महामन्त्री थापाले जानकारी दिनुभएको  छ।

समुदायमा कांग्रेस अभियान : मेची किनारमा वृक्षरोपणसंगै मेची–महाकाली संवाद यात्रा शुभारम्भ