शुक्रबार, जेष्ठ ४, २०८१

माथेमाले प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा पु-याउनु भएको योगदान महत्वपूर्ण : उपप्रमुख डंगोल

 काठमाडौ माघ १३ ,
सहीद सप्ताहका कार्यक्रमअन्तर्गत आज शहीद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको काठमाडौंस्थित सिफलमा एक कार्यक्रमकावीच उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ ।

श्रद्धाञ्जलीसभालाइ सम्बोधन गर्दै काठमार्डौ महानगरकी उपप्रमुख सुनिता डंगोलले, माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन ९व्यायाम० का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ र स्मरण गर्नु पर्ने इतिहास भएको बताउनुभएकेछ ।

 त्यस्तै उहाँले माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उहाँकै नामबाट बनाउने योजनामा रहेको जानकारी समेत दिनुभयो ।

सभामा वडा नं। ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताउँदै अधिकार प्राप्तिका कोणबाट नागरिकहरुलाई प्राप्त भएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने   बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा माथेमा गुथीका अध्यक्ष नरेशरामभक्त माथेमाले, निरंङ्कुश राणा शासनबाट मुक्त गराउने जत्तिको महत्वपूर्ण काम अन्य केही हुन नसक्ने बताउँदै सहिदको सम्मानमा दिइने राष्ट्रिय विदा कटौती हुनु हुँदैनथ्यो । महानगरपालिकाले यो सन्देश संघ सरकारलाई दिनुपर्ने बताउनुभयो ।

 तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि। सं। १९९७ साल माघ ६ गते तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षकसमेत रहेका धर्मभक्त माथेमा सहित शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु