आइतवार, जेष्ठ ६, २०८१

राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुँदै

फाइल फोटो:

 काठमाडौं माघ ११,

राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । मतदान सातै प्रदेशका मुकाममा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने
आयोगले जनाएको छ।

 सातै प्रदेशका ५४९ प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका एक हजार ४९८ प्रमुख तथा उपप्रमुख गरी दुई हजार ४७ मतदाताको मतदानबाट आगामी फागुन २० गतेदेखि कार्यकल सहिकै गरेका १९ राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यमध्ये कोशी र मधेशमा २/ २ बागमतीमा ४ सदस्य चयनका लागि मतदान हुनेछ भने गण्डकीमा ३ लुम्बिनीमा २, कर्णाली र सुदूरपश्चिममा ३ /३ सदस्यका लागि मतदान हुनेछ ।  निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवार अघि सारेका छन् । कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल गरेका छन ।

 त्यस्तै मतदान प्रत्रिया अन्र्तगत प्रतिप्रदेश सभा सदस्यको मतभार ५३ र प्रतिस्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ । प्रदेशसभाका सम्पूर्ण सदस्यको मतभार २९ हजार ९७ हुन्छ भने स्थानीय तहका मतदाताको २८ हजार ४६२ मतभार सहित कुल मतदाताको मतभार ५७ हजार ५५९ रहेको छ ।

मतदानको काम सम्पन्न भएलगत्तै मत गणना पनि सुरु हुने र नतिजा पनि आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।