सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं माघ १०,

राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका लागि माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।