आइतवार, जेष्ठ ६, २०८१

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक अख्तियारको नियन्त्रणमा

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार प्रकरण:

काठमाडौं माघ १०,

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट९वे भ्रष्टाचार प्रकरणमा नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

२०८० असोज १५ मा अख्तियारले सुनीलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०८० वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेसंगै दुवै निलम्बित अवस्थामा रहेकै अवस्थामा अख्तियार टोलीले आज दुवैको घरमा छापा मार्दै  सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट९वे भ्रष्टाचार प्रकरणसंग सम्बन्धित विशेष कागजात सहित आयोगले नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ।

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक अख्तियारको नियन्त्रणमा