सोमवार, जेष्ठ ७, २०८१

मन्त्रालयले भन्यो -नेपालमा कोभिडको संक्रमण बढ्न सक्छ, सतर्क रहनू

काठमाडौं पुस २४,
स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको संक्रमण बढ्न सक्ने जनाएको छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ७ वटामा नयाँ सब९भेरियन्ट जेएन डट वान पुष्टि भएसंगै मन्त्रालयको यस्तो जनाउ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भारतमा देखिँदै आएको ओमिक्रोनको यो सब९भेरियन्ट यसअघि नेपालमा देखिएको थिएन तर पछिल्लो समय जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको र भारतमा कोभिडको संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको जानकारी दिनुभयो ।

कोभिडको संक्रमण बढेसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ भेरियन्ट देखिएसँगै मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ ।